जाडो सुरु भए पनि रोकिएन डेंगी संक्रमणको जोखिम

११ महिनामा २८ हजारभन्दा धेरैलाई डेंगी संक्रमण
कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
जाडो सुरु भए पनि रोकिएन डेंगी संक्रमणको जोखिम

काठमाडौं । जाडो मौसम सुरु भए पनि डेंगी संक्रमणको जोखिम कम भएको छैन । पछिल्लो ११ महिनामा २८ हजारभन्दा धेरैलाई डेंगी संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म डेंगीको प्रकोप हुम्लाबाहेकका सबै जिल्लामा देखिएको र संक्रमित मध्ये ५० प्रतिशत गण्डकी प्रदेशका मात्रै रहेको पनि मन्त्रालयले जनाएको छ । गत जनवरी यता डेंगी संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । जिल्लागत हिसाबले सबैभन्दा धेरै कास्की र त्यसपछि काठमाडौं, तनहुँ, पर्वत, ललितपुर र चितवन जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

बढ्दो शहरीकरण भएको क्षेत्रमा डेंगीको जोखिम बढी देखिएको छ । गत अक्टोबरमा मात्रै ९ हजार ६ सय ६६ जनामा संक्रमण देखिएको छ । यसै साता पानी परेकाले लामखुट्टेको टोकाइबाट हुने डेंगी संकमण अझै केही दिन फैलिनसक्ने भन्दै मन्त्रालयले थप सावधानी अपनाउन आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement