बीएन्डसीलाई सम्बन्धन दिने फैसलाको न्यायिक पुनरावलोकन गर्नुपर्छ : डा. गोविन्द केसी

असार ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीएन्डसीलाई सम्बन्धन दिने फैसलाको न्यायिक पुनरावलोकन गर्नुपर्छ : डा. गोविन्द केसी

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले दिएको फैसलाको न्यायिक पुनरावलोकनको माग गर्नुभएको छ ।

आफ्ना माग पूरा नभए असार १४ देखि सत्याग्रहमा उत्रने चेतावनीसमेत डा. केसीले दिनुभएको छ । आज विज्ञप्ति जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐनको अपव्याख्या गरिएको, निवेदकले मापदण्ड नपुर्‍याएको र संवैधानिक इजलासको क्षेत्राधिकारमा हस्तक्षेप गरिएकाले अदालतको आदेश नै त्रुटिपूर्ण रहेको दाबी गर्नुभएको छ ।

यसैगरी डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयनको माग पनि गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement