तापक्रम वृद्धिसँगै बिरामीको संख्या पनि बढ्यो

जेष्ठ २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
तापक्रम वृद्धिसँगै बिरामीको संख्या पनि बढ्यो

काठमाडौं । तापक्रम वृद्धिसँगै गर्मीका कारण देखिने स्वास्थ्य समस्या लिएर स्वास्थ्य संस्था पु्ग्ने बिरामीको संख्या बढ्न थालेको छ ।

महोत्तरीका अस्पतालहरुमा टाउको दुख्ने, रिँगटा लाग्ने, झाडापखाला, ज्वरो, रुघाखोकीजस्ता समस्या लिएर अस्पताल आउने बिरामीको संख्यामा बढेको चिकित्सकहरु बताउँछन् । गर्मीका कारण अस्पतालको आकस्मिक कक्षमा भर्ना हुने बिरामीसमेत बढेको जलेश्वर प्रादेशिक अस्पतालका चिकित्सक डा. राजीव झाले जनाउनुभयो ।

यस्तै, नवपरासी तथा उदयपुरका स्वास्थ्य संस्थामा पनि गर्मीका कारण टाउको दुख्ने , रिँगटा लाग्ने समस्या लिएर पुगेका बिरामीको चाप बढेको छ ।

यता काठमाडौंका अस्पतालहरुमा समेत झाडापखाला, ज्वरो, डेंगीलगायत बिरामी बढ्न थालेको अस्पतालहरुले जनाएका छन् । अहिले अस्पताल आउने बिरामीमध्ये १५ देखी २० प्रतिशतसम्म बिरामी गर्मीका कारण देखिने स्वास्थ्य समस्या लिएर आउन थालेको डा. लोचन कार्कीले जानकारी दिनुभयो ।

अत्यधिक गर्मीका बेला काम नपरी घरबाहिर ननिस्कन चिकित्सकहरुले सुझाएका छन् । यससँगै प्रशस्त पानी पिउन र खानपानमा ध्यान दिनसमेत उनीहरुले सुझाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.