४ बुँदे मागसहित डा. केसीको २२औं सत्याग्रह सुरु

वैशाख २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
४ बुँदे मागसहित डा. केसीको २२औं सत्याग्रह सुरु

काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चारबुँदे माग राख्दै काठमाडौंमा २२औं सत्याग्रह सुरु गर्नुभएको छ ।

विगतका सहमति कार्यान्वयन, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, सबै नेपालीलाई नि:शुल्क औषधिलगायत चारबुँदे माग राखेर केसीले पशुपति मृगस्थलीमा २२औं सत्याग्रह सुरु गर्नुभएको हो ।

अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएकाले अनशन बस्नुपरेको डा. केसीको भनाइ छ । अन्तिम अल्टिमेटमको अवधिमा पनि माग सम्बोधन नभएको भन्दै शनिबार अपराह्नदेखि डा. केसी अनशनमा बस्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.