अस्पतालको आकस्मिक कक्षको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाउनेविरुद्ध कारबाहीको माग

जेष्ठ ९, २०८० |कान्तिपुर टीभी संवाददाता
अस्पतालको आकस्मिक कक्षको भिडियो बनाई सामाजिक सञ्जालमा फैलाउनेविरुद्ध कारबाहीको माग

काठमाडौं । नेपाल नर्सिङ सङ्घले प्रशासनको अनुमतिविना भरतपुर क्यान्सर अस्पतालको आकस्मिक कक्षको भिडियो खिचेको र विभिन्न सामाजिक सञ्जालहरूमा प्रसारण गरेको प्रति आपत्ति जनाएको छ । 

गत वैशाख २८ गते अस्पतालको आकस्मिक कक्षमा भएका बिरामी र नर्सको विषयमा भिडियो खिचेर विभिन्न सञ्चार माध्यमामा प्रचार प्रसार गरिनाले नर्सिङ पेसाप्रति घृणा फैलाउने वातावरण सिर्जना भएको भन्दै नेपाल नर्सिङ सङ्घले आपत्ति  जनाएको हो ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सङ्घले, ‘उक्त घट्नाको सत्य तथ्य नबुझी एकपक्षीय ढङ्गबाट नर्सिङ पेसाप्रति अपमानजनक शब्दहरू प्रयोग गर्दै गाली गलौच गरी नर्सहरूको आत्मसम्मानमा चोट पुग्न गएको प्रति यस सङ्घ गम्भीर भएको छ,’ भनेको छ ।

सङ्घले त्यसरी नकरात्मक असर फैलाउन खोज्ने सामाजिक सञ्जाल प्रयोगकर्तालाई साइवर अपराधअन्तर्गत कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।

हेर्नुहोस विज्ञप्ति