स्वास्थ्य सामग्री बेवारिसे बनाउने अस्पतालाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य सामग्री बेवारिसे बनाउने अस्पतालाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सामग्री खरिद गरी बेवारिसे बनाउने अस्पतालाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्री बस्नेतले आज पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै देशभरका अस्पतालको अनुगमनलाई चुस्त बनाउने र स्वास्थ्य सामग्री खरिद गरेर प्रयोगविहीन गराएको पाइएमा कारबाही गर्ने बताएका हुन् ।

मन्त्री बस्नेतले अनुगमनका क्रममा स्वास्थ्य सामग्री खरिद गरी दुई वर्षसम्म पनि प्रयोग नगरे फिर्ता लिएर अन्यलाई हस्तान्तरण गर्ने बताए । उनले प्रत्येक अस्पताललाई दुई वर्षको कार्ययोजना बनाएर पेस गर्ने निर्देशन दिएको जानकारी दिए ।

मन्त्री बस्नेतले अस्पतालका आन्तरिक सेवा व्यवस्थापन चुस्त बनाउने र संघीय अस्पतालहरुमा १५ दिनभित्र अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गर्ने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.