घटेन गर्भवती र सुत्केरीको मृत्युदर

जेष्ठ ५, २०८० |आनन्द गौतम
घटेन गर्भवती र सुत्केरीको मृत्युदर

ताप्लेजुङ । मातृ मृत्युदर घटाउने अनेकन उपाय लगाइरहँदा हिमाली जिल्ला ताप्लेजुङमा गर्भवती र सुत्केरीको मृत्युदर भने अझै चुनौतीपूर्ण छ ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार यो वर्षको साउनदेखि वैशाखसम्ममा मात्रै चारजनाको मृत्यु भइसकेको छ । तीनजनाको गर्भवती अवस्थामा र एकजनाको सुत्केरी भइसकेपछि मृत्यु भएको हो । यी महिलाको उपचार केन्द्रमा नभएर घरमै मृत्यु भएको पनि कार्यालयले जनाएको छ ।

यो वर्ष सात नवजात शिशुको मृत्यु भएको पनि कार्यालयको तथ्यांकमा उल्लेख छ ।

गर्भवती र प्रसूति अवस्थामा कुनै पनि महिलाले मृत्युवरण गर्नु नपरोस् भनेर गाउँका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ भने राष्ट्रपति उद्धार कार्यक्रमअनुरुप जोखिममा परेका महिलालाई हेलिकोप्टरबाट उद्धार गर्ने कार्यक्रम पनि छ । तर पनि गर्भवती र सुत्केरी मृत्युदर रोकिएको छैन ।


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।