वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि टेलिमेडिसिन सेवा सञ्चालन गरिँदै

चैत्र १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि टेलिमेडिसिन सेवा सञ्चालन गरिँदै

काठमाडौं । वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि सरकारले भोलिदेखि टेलिमेडिसिन सेवा सञ्चालन गर्ने भएको छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले वीर अस्पतालसँगको साझेदारीमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न लागेको हो । यसअन्तर्गत हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा उपलब्ध गराइने बोर्डका प्रवक्ता एवं सूचना अधिकारी राजन पौडेलको भनाइ छ ।

वैदेशिक रोजगार विज्ञहरुले यो सेवालाई हरेक श्रमिकको पहुँचमा पुर्‍याउन सुझाव दिएका छन् ।

वैदेशिक रोजगार बोर्डको सचिवालयका अनुसार पछिल्लो ८ महिनामा १७० नेपाली नागरिक बिरामी तथा अंगभंग भएका छन् भने ८२० जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै साउदी अरबमा २३७ जनाको मृत्यु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.