आइपुग्यो २ लाख ७६ हजार डोज फाइजर बायोभ्यालेन्ट खोप

चैत्र १, २०७९ |कान्तिपुर टीभी संवाददाता
आइपुग्यो २ लाख ७६ हजार डोज फाइजर बायोभ्यालेन्ट खोप

काठमाडौं । नेपालले दोस्रो चरणको पहिलो लटमा आज कोभिडविरुद्धको दुई लाख ७६ हजार ४ सय ८० डोज फाइजर बायोभ्यालेन्ट खोप ल्याएको छ ।

कोभ्याक्स सुविधामार्फत नेपालले बुस्टरका लागि प्रयोग गर्न मिल्ने १५ लाख खोप पहिलो चरणमा ल्याएको थियो । त्यसको करिब दुई सातापछि थप १५ लाख खोप प्राप्त गरेकामा पहिलो लट नेपाल आइपुगेको हो ।

पहिलो चरणमा प्रप्त १५ लाख खोपमध्ये साढे १२ लाख डोज प्रदेशहरुमा वितरण गरिसकिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । यो खोप बुस्टर डोज लगाएको ६ महिना कटेका ५५ वर्षमाथिका सबै नागरिक, गर्भवती, स्वास्थ्यकर्मीले पाउनेछन् । त्यसैगरी दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुले पनि यो खोप पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.