१४ वर्षमा २२ सयको मात्र मिर्गौला प्रत्यारोपण

फाल्गुन २५, २०७९ |कान्तिपुर टीभी संवाददाता
१४ वर्षमा २२ सयको मात्र मिर्गौला प्रत्यारोपण

काठमाडौं । आज विश्व मिर्गौला दिवस । नेपालमा वर्षेनि करिब तीन हजारको मिर्गौला बिग्रने गरे पनि सेवा सहज नहुँदा करिब तीन सयको मात्र प्रत्यारोपण हुने गरेको छ ।

नेपालमा मिर्गौला प्रत्यारोपण सुरु भएको १४ वर्ष बितिसक्दा जम्मा २२ सय हाराहारीको मात्र प्रत्यारोपण भएको छ । अहिले पनि करिब ७ हजार ४ सय जनाले नियमित डायलिसिस गराइरहेका छन् ।

सेवा सहज नहुँदा प्रत्यारोपण मात्र नभएर मिर्गौलाको डायलिसिस गराउनसमेत बिरामीले सास्ती खेप्नुपरिरहेको छ । जनशक्ति तथा पूर्वाधारलगायतको समस्याले सोचेअनुरुपको सेवा दिन मुस्किल भएको चिकित्सक बताउँछन् ।

मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको पत्थरीलगायत कारणले मिर्गौलामा समस्या आउने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement