सञ्चारकर्मीका लागि आधारभूत आँखा स्वास्थ्य तालिम

मंसिर ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
सञ्चारकर्मीका लागि आधारभूत आँखा स्वास्थ्य तालिम

रूकुम पश्चिम । रूकुम पश्चिमको सदरमुकाम खलंगामा शुक्रबार जिल्लाका सञ्चारकार्मीका लागि आधारभूत आँखा स्वास्थ्य तालिम आयोजना गरिएको छ ।

नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जको आयोजनामा कार्यक्रम गरिएको हो । रूकुम पश्चिममा क्रियाशील पत्रकारको सहभागितामा आयोजित कार्यक्रममा विश्व तथा नेपालमा अन्धोपनको अवस्था, स्वस्थ आँखाका लक्षणहरू, आखाँका भागहरूमा लाग्ने प्रमुख रोगहरू, आँखा स्वास्थ राख्ने उपायहरू र आँखा अस्पताल तथा आाँखा उपचार केन्द्रहरूको जानकारी गराइएको थियो ।

कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, आँखा अस्पताल राप्तीका बाह्य कार्यक्रम संयोजक शालिकराम गौतम, नेत्रज्योति संघ रूकुम पश्चिमका सभापति शिवराम खत्री, जिल्ला अस्पताल रूकुम पश्चिम विकास समिति अध्यक्ष टेकबहादुर कुसारी र नेपाल पत्रकार महासंघ रूकुमका अध्यक्ष लक्ष्मण केसीलगायतको उपस्थिति थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.