मौसमी भाइरल र ओमिक्रोनमा के छन् भिन्नता ?

माघ १, २०७८
मौसमी भाइरल र ओमिक्रोनमा के छन् भिन्नता ?

नेपालमा कोभिड संक्रमित दर उच्च गतिमा बढ्दै गइरहेको छ । ओमिक्रोन भेरिएन्ट समुदायमा फैलिएका कारण संक्रमण दर उच्च भएको हुनसक्ने अनुमान चिकित्सकको छ । स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरिएन्टबाट स‌ंक्रमित हुने बढ्दै गएको जनाएको छ ।

शरीर दुख्ने, घाँटी खसखस हुने, खोकी लाग्नेलगायतका समस्या अहिले धेरैमा हुने गरेको पाइन्छ । सामान्य मौसमी भाइरल तथा चिसोको कारणले भएको होला भनेर उनीहरुमध्ये धेरैले परीक्षणसमेत गराएको पाइँदैन । तर जतिले परीक्षण गराएका छन् अधिकांसमा कोभिड पुष्टि भइरहेको छ । अझ परीक्षण गर्न नआउँदा र आफूलाई संक्रमण भएको थाहा नपाउँदा समुदायमै संक्रमण फैलिरहेको हुनसक्ने चिकित्सक बताउँछन् ।   

नेपालमा पछिल्लो समय गरीएको जिन सिक्वेन्सिङमा २२ प्रतिशतमा ओमिक्रोन भेरिएन्ट देखापरेको थियो । त्यसपछि सरकारले जिन सिक्वेन्सिङको नतिजा सार्वजनिक गरेको छैन । तर जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोन भेरिएन्टको संक्रमण भने भेटिने गरेको छ ।

ओमिक्रोन भेरिएन्ट द्रुत गतिमा फैलने गर्दछ । यो भाइरस भारतमा देखिएसँगै नेपालमा पनि देखिन सुरु गरिसकेको तर परिक्षण ढिलो भएकाले फैलन थालेपछि मात्रै थाहा भएको हुन सक्ने चिकित्सक बताउँछन् ।

कोरोना संक्रमण दर बढे पनि प्रयोगशालाको क्षमताअनुसार परीक्षण हुन सकेको छैन । त्यति मात्र नभएर संक्रमितहरु परीक्षणको दायरामासमेत आएको पाइँदैन । यसले समुदायमा भित्रभित्रै संक्रमण फैलिरहेको हुन सक्छ । यस्तो अवस्थामा सरकारले समुदायस्तरमै पुगेर परीक्षणलाई व्यापक बनाउन ढिला गर्नु हुँदैन । 

Enter Kantipur TV HD
Advertisement