काठमाडौं । गायक ‘यम बराल सांगीतिक साँझ’ आयोजना गरिएको छ ।
लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ इभरग्रिनले प्रज्ञा प्रतिष्ठानमा गायक यम बराल च्यारिटी सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
बराल च्यारिटी सांस्कृतिक कार्यक्रमबाट उठेको रकम क्यान्सरपीडित र अनाथालयमा रहेका बालबालिकाहरूका लागि खर्च गरिने आयोजकको भनाइ छ ।
कार्यक्रममा गायक बरालले आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेका थिए ।