‘एनआरएन द सिङ्‌गर’को उपाधि युक्ति विमलीलाई

आश्विन २८, २०८० |कान्तिपुर टीभी संवाददाता
‘एनआरएन द सिङ्‌गर’को उपाधि युक्ति विमलीलाई

काठमाडौं । ‘एनआरएन द सिङ्‌गर’को विजेता बेलायतकी युक्ति विमली बनेकी छन् ।

देशभरबाट छानिएर अन्तिम ५ मा परेका प्रतिस्पर्धीहरूबीच युक्तिले उपाधि चुमेकी हुन् । उनले भर्चुअल माध्यमबाट गीत गाएकी थिइन । युक्तिले नगद ५ लाखसहित ट्रफी प्राप्त गरेकी छिन् । 

त्यस्तै कर्मा दोङ यस सिजनको ‘एनआरएन द सिङ्‌गर’को दोस्रो भएका छन् । उनी जापानबाट प्रतिनिधित्व गर्छन् । त्यस्तै पोर्चुगलका सुवास बहादुर पुनमगर तेस्रो भएका छन् । 

प्रतियोगीमध्ये दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले एक लाखसहित ट्रफी पाएका छन् । विजेताहरूलाई प्रमुख अतिथि सुदन किरातीले पुरस्कार हस्तान्तरण गरे । प्रतियोगितामा जीवा लामिछाने र उपेन्द्र महतोलगायतको उपस्थिति थियो ।

विदेशमा हुर्किएका नेपालीलाई संस्कार र संस्कृतिसँग जोड्न यो कार्यक्रम आयोजना गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.