निर्माण सम्पन्नको ५ वर्षपछि नीरफूल हलमा आउँदै

जेष्ठ १३, २०८० |कान्तिपुर टीभी संवाददाता
निर्माण सम्पन्नको ५ वर्षपछि नीरफूल हलमा आउँदै

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित चलचित्र नीरफूल जेठ २६ गतेबाट देशभर प्रर्दशन हुने भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी यसबारेमा जानकारी गराइएको हो । निर्माण सम्पन्न भएको ५ वर्षपछि प्रदर्शनमा आउन लागेको चलचित्रमा भूकम्प, भूकम्पपछिको स्थिति, नागरिकले व्यहोर्नुपर्ने समस्या र सास्तीलाई कथावस्तुमा उतारिएको छ ।

कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले आफूलाई जीवन्त रहीराख्ने चलचित्रमा अभिनय गर्न मन लागेको र यही चलचत्रिमा सो अवसर पाएको जनाए । उनले चलचित्रले समाजको कथावस्तु, भूकम्पका बेलाको वस्तुस्थिति र नागरिकका समस्यालाई विशेष उठान गरेको उल्लेख गरे । त्यस्तै अभिनेता बुद्धि तामाङले प्राकृतिक विपद् भन्दापनि समाज र समाजका मानिसहरु झनै विपद् भन्दा चर्का छन् भन्ने कुरालाई चलचित्रमा देखाइएको खुलाए ।

तीनवर्ष अघि कोरोना महामारीका कारण रिलिज रोकिएको यो चलचित्रलाई फूलमान वलले निर्देशन गरेका हुन् । चलचित्रमार्फत आफूले परिवार र समाजको कथा भन्न खोजेको निर्देशक वलले दावी गरे । लामो समय सञ्चारकर्ममा सक्रिय वल

चलचित्रमा भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनः मिलनका लागि गरेको संघर्षलाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय छ ।

रुवि भ्याली र काठमाडौंमा छायांकन गरिएको चलचित्र नीरफूलमा सचिन घिमिरे एसोसिएट निर्देशक रहेका छन् भने प्रमोद कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.