५ वर्षअघिको गल्ती योपटक दोहोरिन्न : दीपकराज गिरी

मंसिर ४, २०७९
५ वर्षअघिको गल्ती योपटक दोहोरिन्न : दीपकराज गिरी

काठमाडौं । हास्य कलाकार दीपकराज गिरीले ५ वर्षअगाडिको मतदान गल्ती भएको बताएका छन् । उनले सामाजिक सन्जालमा पाँच वर्षअगाडि मतदान गरेको तस्बिर सार्वजनिक गर्दै यो यसपटक गल्ती नदोहोरिने बताएका हुन् ।

दीपकले लेखेका छन्, ‘५ वर्ष अगाडिको फोटो हो, त्यति बेला गरिएको गल्ती । यो पटक दोहोरिन्न ।’ साथै उनले नयाँ पुस्ताका उम्मेदवार शुभकामना दिएका छन् । उनी अगाडि लेख्छन्, ‘नयाँ जोशका साथ आएका युवा उम्मेदवारहरूलाई शुभकामना ।’

दीपकले ६० वर्ष कटेका उम्मेदवारलाई मतदान नगर्ने बताउँदै आएका छन् ।