दोलखा । सोमबार मध्याह्नबाट सुरू भएको गौरीशंकर गाउँपालिकाको मतगणनामा नेकपा माओवादी केन्द्रले सुरूआती अग्रता बनाएको छ । वडा नं १ र २ को मतगणनामा माओवादीकी उमेदवार निमलेकी शेर्पाले ८०९ मत सहित अग्रता बनाउनु भएको हो ।
उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उमा लुंगेली मगर शेर्पाले ४४७ मत पाउनु भएको छ । नेपाली कांग्रेसकी पासदिकी शेर्पाले २४०, रास्वपाकी गोमा श्रेष्ठले १८ र एकीकृत समाजवादीकी रविना खड्काले १४ मत ल्याउनु भएको छ ।
गौरीशंकरको रिक्त रहेको उपाध्यक्ष पदका लागि आइतबार भएको उपनिर्वाचनमा ४८.२८ प्रतिशत मत खसेको थियो । निर्वाचनमा सात हजार पाँच सय ८९ मत खसेको थियो ।