काठमाडौं । स्थानीय तहका ४१ जनप्रतिनिधि चयनका लागि भएको उप-निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ३३ स्थानको अन्तिम मतपरिणाम आएको छ । नेकपा एमाले एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षसहित पाँच वटा वडामा विजयी भएको छ ।
नेकपा माओवादी केन्द्र गाउँपालिका अध्यक्ष एक, नगरपालिका उपप्रमुख एकसहित पाँच वटा वडामा विजयी भएको छ ।
नेपाली कांग्रेसले १५ वटा वडामा जित हासिल गरेको छ । जनता समाजवादी दुई वडामा विजयी भएको छ ।