काठमाडौं । इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उप निर्वाचनको मत गणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । अहिलेसम्मको मत गणनामा नेम्वाङ नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ३ हजार ९ सय ६७ मतले अगाडि रहनुभएको छ ।
एमालेका नेम्वाङले ११ हजार ६ सय १९ मत ल्याउनुभएको छ भने कांग्रेसका खड्काले ७ हजार ६ सय ५९ मत ल्याउनुभएको हो । यस्तै स्वतन्त्रका डेकेन्द्रसिंह थेगिमले ७ हजार ४ सय ५२ र रास्वपाका मिलन लिम्बुले १ हजार ५ सय ९६ मत ल्याउनुभएको छ ।