उपनिर्वाचन अपडेट : इलाममा मतगणना सुरु

वैशाख १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपनिर्वाचन अपडेट : इलाममा मतगणना सुरु

काठमाडौं । इलाम-२ भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । इलामको फाकफोकथुम गाउँपालिकाबाट गणना सुरु गरेको हो । आज बिहान बसेको सर्वदलीय बैठकले मतगणना ११ बजेबाट गर्ने सहमति गरेको भएपनि सुरु हुन भने केहीबेर ढिला भएको हो ।

इलाम र बझाङमा हिजो बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । इलाम-२ का सबै केन्द्रका मतपेटीका संकलन भइसकेका छन् । इलाम-२ मा ६० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ ।

१ लाख १५ हजार ८ सय ८९ मतदाता रहेको इलाम-२ मा १ सय ४९ वटा मतदान केन्द्रमा मतदाताले मतदान गरे । इलाम-२ मा अघिल्लो निर्वाचनमा ६२ प्रतिशत मत खसेको थियो ।

बझाङ-१ को पनि मतपेटिका संकलन भइसकेको छ । सर्वदलीय बैठक बसेर आजै मतगणना सुरु गरिने निर्वाचन आयोगको कार्यलयले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.