तनहुँ-१ मा स्वर्णिम वाग्ले निर्वाचित

वैशाख १२, २०८० |कान्तिपुर टीभी संवाददाता
तनहुँ-१ मा स्वर्णिम वाग्ले निर्वाचित

तनहुँ । तनहुँमा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले विजयी भएका छन् । ३४ हजार ९ सय १८ मतका साथ उनी निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत आइतबार भएको मतदानमा वाग्लेले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई १४ हजार ७९६ मतले पछि पारे । भट्टराईले २० हजार १ सय २२ प्राप्त गरे ।

त्यस्तै, नेकपा एमालेका उम्मेद्‍वार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत पाए ।

यस क्षेत्रमा कुल ६५ हजार २९८ मत खसेको थियो । मतगणना सकिएको र उज्यालो भएपछि मात्रै आधिकारिक रुपमा घोषणा गर्ने निर्वाचन आयोगले बताएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.