धनुषा-४ बाट एमालेका रघुवीर महासेठ निर्वाचित

मंसिर १३, २०७९ |कान्तिपुर टीभी संवाददाता
धनुषा-४ बाट एमालेका रघुवीर महासेठ निर्वाचित

काठमाडौं । धनुषा- ४ बाट नेकपा एमालेका सचिव रघुवीर महासेठ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

मंगलबार बिहान सम्पन्न मतगणनाअनुसार निकतटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै महासेठ विजयी भएका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार महासेठले ३२ हजार २३६ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवार यादवले ३२ हजार ११२ मत प्राप्त गरेका छन् ।

महासेठ यसअघि पनि धनुषाबाटै विजयी भएका थिए । धनुषा-३ बाट यसअघि निर्वाचित महासेठ यसपटक धनुषा - ४ मा उम्मेदवार बनेका थिए । धनुषा- ३ बाट यसअघि नै उनकी श्रीमती जुलीकुमारी महतो विजयी भइसकेकी छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.