समानुपातिकतर्फ कसले कति मत पाए ?

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फ कसले कति मत पाए ?

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्ष र समानुपातितर्फको नतिजा लगभग अन्तिम चरणमा पुगेको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो बनेको छ । यस्तै समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको छ भने कांग्रेस दोस्रो दल बनेको छ ।

सोमबार साँझसम्मको परिणामअनुसार नेकपा एमालेले २५ लाख ४८ हजार २३५ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेसले २४ लाख १२ हजार ७०७ मत पाएको छ । माओवादी केन्द्रले १० लाख ७७ हजार ४७२ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६५ हजार ४६८ मत पाएको छ ।

यसैगरी समानुपातिकतर्फ राप्रपाले ५ लाख ४६ हजार ४३३ मत पाएको छ । राजपाले ३ लाख ३३ हजार ४१ मत पाएको छ । जनमत पार्टीले दुई लाख ७२ हजार ३० मत पाउँदा नेकपा एकीकृत समाजवादीले भने दुई लाख ५४ हजार ६२० मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ३८ हजार ११६ मत पाएको छ । लोसपाले एक लाख २९ हजार ६८७ मत पाएको छ ।

यसैगरी नेमकिपाले ७२ हजार ८२८ मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ५२ हजार ८५८ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.