प्रदेशसभामा कांग्रेस १०५, एमाले ८८ सिटमा विजयी

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
प्रदेशसभामा कांग्रेस १०५, एमाले ८८ सिटमा विजयी

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत मंसिर ४ गते आइतबार भएको मतदानको गणनाअनुसार कांग्रेस पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभातर्फ अग्रता कायम राखेको कांग्रेसले प्रदेशसभामा पनि अग्रता कायम राखेको छ । कांग्रेसले प्रदेशसभातर्फ १०५ स्थानमा विजयी हासिल गरेको छ ।

प्रदेशसभातर्फ नेकपा एमालेले आज (सोमबार) साँझसम्म ८८ स्थानमा जित हासिल गरेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले ५३ स्थानमा जित हासिल गरेको छ ।

एकीकृत समाजवादीले १४ स्थानमा जित निकालेको छ । १२ जना स्वतन्त्र उम्मेदवार विजयी हुँदा राप्रपाका ११ उम्मेदवार प्रदेशसभामा विजयी भएका छन् ।

जसपा १० र लोसपा ९ स्थानमा विजयी हुँदा जनमत पार्टीले ७ स्थानमा जित हासिल गरेको छ । नागरिक उन्मुक्ति पार्टीले भने प्रदेशसभाका लागि ७ स्थानमा जित निकालेको छ । हाम्रो नेपाली पार्टी र नेमकिपाले १/१ स्थानमा जित हासिल गरेको छ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भने प्रदेशसभामा उम्मेदवारी दिएको थिएन । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.