सुनसरी १ मा कडा प्रतिस्पर्धाबीच जसपाका अशोक राई विजयी

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुनसरी १ मा कडा प्रतिस्पर्धाबीच जसपाका अशोक राई विजयी

काठमाडौं । सुनसरी १ बाट जनता समाजवादी पार्टीका अशोककुमार राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

सोमबार बिहान सम्पन्न मतगणनाअनुसार राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादीका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो भए ।

यस्तै, राप्रपाका अशोककुमार राईले सात हजार ८८४ ल्याउँदा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले सात हजार ८१२ मत ल्याए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.