सुनसरी ४ को मतगणना अझै अनिश्चित

मंसिर ११, २०७९
सुनसरी ४ को मतगणना अझै अनिश्चित

सुनसरी । शनिवार साँझबाट स्थगित भएको सुनसरीको क्षेत्र नं. ४ को मतगणना अनिश्चित बनेको छ । मतगणना सुचारु गर्न सर्वदलीय तथा सर्वपक्षीय बैठक बसे पनि कुनै निर्णय हुन सकेको छैन । 

बैठकको छलफलमा चित्त नबुझेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले पुन मतगणनाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उक्त निवेदन निर्वाचन आयोगमा पठाइसकेको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए । 

आज बिहान बसेको सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिए पछि दिउँसो पुन बैठक बसेको थियो तर दिउँसो बसेको बैठकले पनि विवाद समाधान गर्न सकेन । यस्तै निर्वाचन अधिकृतको कार्यालयले निर्णय दिन नसक्दा अन्यौलता भएपछि राष्ट्रिय स्वतन्त्र पाटिले पुनः मतगणना वा पुनः मतदान को माग गर्दै निवेदन दिएको छ ।