डोल्पा अस्पतालमा गर्भ फुटेको जटिल शल्यक्रिया

मंसिर ११, २०७९ |कान्तिपुर टीभी संवाददाता
डोल्पा अस्पतालमा गर्भ फुटेको जटिल शल्यक्रिया

डोल्पा । जिल्ला अस्पताल डोल्पामा गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया गरिएको छ ।

रुकुमको आठबिसकोट नगरपालिका घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ वर्षीया कमला विकको सफल शल्यक्रिया गरिएको हो । विकलाई अत्यधिक पेट दुखेपछि जाँचका लागि जिल्ला अस्पताल लगिएको थियो ।

पेट दुखाइले छट्पटिँदै अस्पताल पुगेकी विकको स्वास्थ्य जाँच गर्दा पाठेघरको नलीमा बच्चा फुटेर पेटभित्र रगत जमेको पाइएपछि तत्काल शल्यक्रिया गरेर ज्यान बचाउन सफल भएको जिल्ला अस्पताल डोल्पाका प्रमुख डा. अखण्ड उपाध्यायले बताए । उनका अनुसार यस्तो जटिल बिरामी अस्पतालमा पहिलोपटक आएको हो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.