सुर्खेत । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा रहेको सुर्खेतमा एक प्रतिनिधिसभा र तीन प्रदेशसभा सदस्यको मतगणना सार्वजनिक भएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (२) प्रदेशसभा सदस्यमा गठबन्धन दल नेकपा माओवादी केन्द्रका विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले १३ हजार ९ सय ९ मत ल्याएर विजय भएका हुन् ।
नेकपा एमालेका उम्मेदवार ताराकेशर गौतमले ९ हजार ३ सय ३४ मत ल्याएका छन् । नेकपा एकीकृत समाजवादीका मोहनसिंह बडुवालले ६ हजार २ सय १४ मत ल्याएका छन् ।
सुर्खेतमा २ (२) प्रदेशसभा सदस्यमा गठबन्धन दलहरुले मित्रवत प्रतिस्पर्धा गरेको थिए । यसअघिको मतपरिणाम अनुसार सुर्खेतबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका हृदयराम थानी र प्रदेशसभामा यामलाल कँडेल, खड्ग पोख्रेल निर्वाचित भइसकेका छन् ।
दुईवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा क्षेत्र नम्बर १ निर्वाचन क्षेत्र र १ (२) को मतगणान जारी छ ।