समानुपातिकमा कांग्रेस र एमालेले कटाए पाँच लाख मत, माओवादी चौथो स्थानमा

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकमा कांग्रेस र एमालेले कटाए पाँच लाख मत, माओवादी चौथो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा छ । निर्वाचन आयोगको आज दिउँसोसम्मको मतपरिणाम विवरणानुसार एमालेले पाँच लाख ९७ हजार आठ सय ५२ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच लाख ६६ हजार ७६१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फको मत सङ्ख्या तीन लाख ४ हजार ४८२ रहेको छ ।

यस्तै नेकपा (माओवादी केन्द्र)को दुई लाख ७३ हजार ७९४, राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ६५ हजार ८०९, जनता समाजवादी पार्टी नेपालको ७४ हजार ४५, नेपाल मजदुर किसान पार्टीको ५१ हजार ४५५, जनमत पार्टीको ४८ हजार ७७६, नागरिक उन्मुक्ति पार्टीको ४८ हजार २५८, नेकपा (एकीकृत समाजवादी)को ४० हजार ४०५ , लोकतान्त्रिक समाजवादी नेपालको ३३ हजार १५१, हाम्रो नेपाली पार्टीको २२ हजार ८७४ मत रहेको निर्वाचन आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.