सिन्धुली १ बाट कांग्रेसका श्याम घिमिरे एमालेको विरासत भत्काउँदै विजयी

मंसिर ८, २०७९ |कान्तिपुर टीभी संवाददाता
सिन्धुली १ बाट कांग्रेसका श्याम घिमिरे एमालेको विरासत भत्काउँदै विजयी

राजकुमार कार्की (सिन्धुली) । सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे प्रतिनिधिसभा सदस्यमा फराकिलो मतान्तरले विजयी भएका छन् । घिमिरेले ३० हजार ३९१ मत प्राप्त गरि विजयी भएका हुन् ।

निकटतम प्रतिस्पर्धी एमालेका प्रदिप कटुवाललाई घिमिरेले चार हजार ८४५ मतले पराजित गरेका हुन् ।

एमालेका कटुवालले २५ हजार ५४६ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका घिमिरे २०७४ को निर्वाचनमा क्षेत्र नं १ को (२) बाट कटुवालसँग पराजित भएका थिए । प्रतिनिधिसभामा घिमिरे र कटुवाल आमनेसामने भइ विजयी र निकटतम प्रतिस्पर्धी हुँदै आएका छन् ।

दुई हजार ६९२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीकी मेनुका ठकुरी तेस्रो भइन् । राप्रपाका शालीग्राम माझी ९४० मतका साथ चौथो भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ मा ६३ हजार २९६ मत खसेको थियो । यहाँ एकलाख ७ हजार १३६ मतदाता छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.