शिक्षा मन्त्रालयअन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ती तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन

आश्विन ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षा मन्त्रालयअन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ती तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मन्त्रालयअन्तर्गतका विभागबाट सेवा प्रवाहमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न निर्देशन दिनुभएको छ ।

सोमबार पदभार ग्रहणलगत्तै उहाँले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै कर्मचारीहरूलाई यस्तो निर्देशन दिनुभएको हो । उहाँले आफूलाई बस्नका लागि क्वाटर नचाहिने भन्दै मन्त्रालयमै सुत्नेगरी खाटको व्यवस्था गर्न निर्देशन दिनुभयो । 

उहाँले मन्त्री नियुक्त हुनुअघि नै राष्ट्रिय आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिक्षा मन्त्रालयको हरेक विभागबाट हुने काममा ढिलासुस्ति नगर्नुहोस् । शिक्षा मन्त्रालयमा ढिलासुस्ती गर्दा कस्तो समस्या हुन्छ भन्ने मैले भोगेको छु ।’

उहाँले आफूलाई सुरक्षा नचाहिने र औपचारिक कामको लागि मात्र सरकारी गाडीको प्रयोग गर्ने पनि बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.