समावेशी शिक्षा पूर्ण कार्यान्वयन हुन नसकेकामा सरोकारवालाहरूको चिन्ता

श्रावण ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
समावेशी शिक्षा पूर्ण कार्यान्वयन हुन नसकेकामा सरोकारवालाहरूको चिन्ता

काठमाडौं । नेपालमा अझै पनि समावेशी शिक्षाको पूर्ण कार्यान्वयन हुन नसकेकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । शिक्षा मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोजना गरेको समावेशी शिक्षाको वर्तमान अवस्था विषयक गोष्ठीमा सहभागीहरूले अपाङ्गता भएका साथै सीमान्तकृत डोम र चमार लगायत समुदायका बालबालिकाहरूलाई अझै पनि समावेशी रूपमा कक्षाकोठामा ल्याउन वातावरण बनाउन नसकेको औल्याएका छन् । 

अझै पनि उनीहरू विद्यालय बाहिरै रहेको र समावेशी शिक्षा दिन ठोस पहलकदमी नपुगेको समेत शिक्षा मन्त्रालय, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरूको स्वीकारोक्ति छ । 

सबै क्षेत्र र वर्गका बालबालिकालाई समावेशी शिक्षा प्रदान गर्न संघ प्रदेश र स्थानीय गरी तीन वटै सरकारको संयुक्त पहलकदमी आवश्यक रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक हरिप्रसाद निरौलाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.