दाङको तुलसीपुरस्थित श्री माविले पायो उत्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
दाङको तुलसीपुरस्थित श्री माविले पायो उत्कृष्ट सामुदायिक विद्यालयको पुरस्कार

काठमाडौं । राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० को माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा उक्त विद्यालय उत्कृष्ट भएको शिक्षा मन्त्रालयले जनाएको छ।

यस्तै, काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविले २ लाख दोस्रो पुरस्कार प्राप्त गरेको छ भने दाङकै जनकल्याण मावि शान्तिनगर तृतिय भएको छ । उक्त विद्यालयले १ लाख नगद प्राप्त गरेको छ । निजी विद्यालयतर्फ टोखाको फ्लोरिसेन्ट मावि, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय र बुढानीलकण्ठ स्कुल क्रमशः प्रथम, द्वितिय र तृतिय भएका छन् ।

यस्तै, विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्यांकनका आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पसमध्ये उत्कृष्ट भएको छ । सम्बन्धनप्राप्त सामुदायिक क्याम्पसमा ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस उत्कृष्ट भएको छ ।

शिक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाको पछौटेपनलाई हटाउन सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले शिक्षालाई बालबालिकाको तहदेखि मजबुत आधार बनाउने काममा सरकार लागेको उल्लेख गर्दै नयाँ पुस्ताले रुचाएको शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले शिक्षामा नेपाल अब पछाडि पर्न नहुने उल्लेख गर्दै शिक्षा, सीप, विज्ञान र प्रविधिको क्षेत्रमा पछाडि परेको यथार्थलाई बदल्नुपर्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement