नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोडको अनुसन्धानवृत्ति

माघ १५, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोडको अनुसन्धानवृत्ति

काठमाडौं । अमेरिकामा लामो समयदेखि अध्यापनरत नेपाली वैज्ञानिक डा. प्रेरणा श्रेष्ठले २९ करोड २५ लाख रुपैयाँबराबरको अनुसन्धानवृत्ति प्राप्त गरेकी छन् ।

अमेरिकी सरकारी निकाय नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थले श्रेष्ठलाई २२ लाख डलर अर्थात् २९ करोड २५ लाख रुपैयाँबराबरको रकम उपलब्ध गराउने भएको हो । उनी हाल न्युयोर्कको स्टोनी ब्रुक युनिभर्सिटीमा न्युरोबायोलोजी एन्ड बिहेबियर विभागमा अध्यापनरत छन् ।

सूक्ष्म कोषिका र त्यसअनुसार निर्मित प्रोटिनहरुले मानव मस्तिष्कलाई कसरी क्रियाशील बनाउँछ भन्ने विषयमा श्रेष्ठको टोलीले अध्ययन गर्नेछ । गम्भीर दुर्घटनापछिको मनोवैज्ञानिक सन्त्रास मानवमा आजीवन समस्याका रुपमा रहिरहन सक्छ ।

भविष्यमा यस्ता समस्यामा रहेका मानिसको उपचारमा यो अध्ययन सहयोगी हुने श्रेष्ठले बताएकी छन् । उनले आफ्नो अनुसन्धान मानव मस्तिष्कमा कसरी भावनात्मक स्मरण लामो समयसम्म रहन्छ भन्नेमा केन्द्रित रहने बताइन् । उनको अनुसन्धान सन् २०२७ को अक्टोबरमा सकिने बताइएको छ । श्रेष्ठले सन् २०११ मा रकफेलर युनिभर्सिटीबाट जीवन विज्ञान विषयमा विद्यावारिधि गरेकी हुन् ।

*हेडलाइन सच्याइएको


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.