रोकिएन राहत र बाल विकास केन्द्रका शिक्षकको आन्दोलनमा

आश्विन ७, २०८० |कान्तिपुर टीभी संवाददाता
रोकिएन राहत र बाल विकास केन्द्रका शिक्षकको आन्दोलनमा

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत राहत र बाल विकास केन्द्रका शिक्षकहरु आज पनि आन्दोलनमा उत्रिएका छन् ।

शिक्षक महासंघले सरकारसँग गरेको सम्झौतामा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरु आन्दोलनमै छन् ।

राहत, बाल विकास केन्द्र र पेन्सन वञ्चित शिक्षकले पेसागत सुनिश्चितताको माग गर्दै आइतबार पनि माइतीघर केन्द्रित आन्दोलन गरेका हुन् । उनीहरुले ५२ वर्षपछि सरकारले ल्याएको शिक्षा विधेयकमा शिक्षकको हक हितलाई उपेक्षा गरिएको आरोप लगाए ।

बाल विकासलाई विद्यालय संरचनाभित्र ल्याउन पनि उनीहरुले माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.