छात्रवृत्ति नदिने विद्यालयको अनुमति रद्द गर्ने महानगरको चेतावनी, यी हुन् अटेर गर्ने ३४२ विद्यालय (नामसहित)

जेष्ठ २३, २०८० |कान्तिपुर टीभी संवाददाता
छात्रवृत्ति नदिने विद्यालयको अनुमति रद्द गर्ने महानगरको चेतावनी, यी हुन् अटेर गर्ने ३४२ विद्यालय (नामसहित)

काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस नगर्ने ३ सय ४२ वटा विद्यालयको सूची सार्वजनिक गर्दै विवरण पेस गर्न ताकेता गरेको छ ।

महानगरभित्र सञ्चालित विद्यालयलाई छात्रवृत्ति वितरण गरी सोको जानकारी पेस गर्न यसअघि दिइएको समय सीमा भित्र विवरण पेस नगरेको भन्दै महानगरले सार्वजनिक सूचना जारी गर्दै दोस्रो पटक ताकेता गरेको हो ।

संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको विवरण यही जेठ १६ गते कार्यालय समयभित्र अनिवार्य रुपमा पठाउन जेठ १० गते सार्वजनिक सूचना जारी गरेको थियो । त्यसअघि वैशाख २४ गते महानगरले सबै विद्यालयलाई परिपत्रसमेत गरेको थियो । तर पहिलो पटक प्रकाशित सूचना पछि पनि ३ सय ४२ वटा विद्यालयले छात्रवृत्ति विवरण पेस नगरेको भन्दै महानगरले मंगलबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै यही जेठ २८ गतेभित्र नियमानुसार छात्रवृत्ति वितरण गरी सोको विवरण पेस गर्न ताकेता गरेको छ ।

महानगरले विवरण पेस नगरेमा महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।  


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.