अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा नेपाललाई विकास गर्न सकिन्छ : शिक्षामन्त्री खनाल

माघ २२, २०७९ |कान्तिपुर टीभी संवाददाता
अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा नेपाललाई विकास गर्न सकिन्छ : शिक्षामन्त्री खनाल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा नेपाललाई विकास गर्न सकिने जनाएका छन् ।

उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) ले आइतबार गरेको कार्यक्रममा उनले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश पठाउने नभई विदेशबाट विद्यार्थी नेपाल ल्याउन सक्नेगरी नीति, निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘प्राथमिक र आधारभूत विद्यालय तहमै शैक्षिक गुणस्तरको विकास गर्नुपर्ने आवश्यक रहेको छ ।’ नेपाल भौगोलिक बनावटका आधारमा पनि शैक्षिक हब बन्न योग्य रहेको भन्दै सोहीअनुरुप शिक्षा प्रणालीलाई गुणस्तरीय बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘हामी नेपाललाई नै यस्तो देश बनाऔं, जहाँ विदेशमा जुन संख्यामा नेपाली विद्यार्थीहरु पठाउँछौं, विदेशबाट पनि त्यही संख्यामा विद्यार्थी नेपाल भित्र्याउने वातावरण बनाऔं,’ उनले भने, ‘हाम्रो विद्यालय शिक्षा कसरी सुधार गर्ने ? प्रारम्भिक विद्यालयहरुदेखि नै आधारभूत विद्यालय तहदेखि नै गुणस्तरमा निकै ठूलो समस्या छ, तर नेपालको भौगोलिक बनावटको फाइदा लिँदै इन्टरनेसनल एजुकेसन हब बन्नसक्छ । त्यो हब निर्माण गर्ने भिजनसहित विदेशमा विद्यार्थी एक्सपोर्ट गर्ने नभई विदेशी विद्यार्थी भित्र्याउनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।’

मन्त्री खनालले आगामी दिनमा निजी शिक्षालाई प्रवर्द्धन गर्न आवश्यक नीति-नियम स्पष्ट हुन आवश्यक रहेको पनि जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.