जनक शिक्षा परिसरमा अनेरास्ववियुको प्रदर्शन (तस्बिरसहित)

माघ १८, २०७९ |कान्तिपुर टीभी संवाददाता
जनक शिक्षा परिसरमा अनेरास्ववियुको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र परिसरमा विरोध प्रदर्शन गरेको छ ।

जनक शिक्षाको परिसरमा बुधबार अनेरास्ववियुका विद्यार्थी नेताहरुले विरोध जनाएका हुन् । उनीहरुले जनक शिक्षा जनताको आशाको केन्द्र बन्नुपर्ने भए पनि त्यो हुन नसकेको जनाएका छन् ।

उनीहरुले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने बताए । कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिए ।

जनक शिक्षाका प्रबन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको पराजुलीको आरोप छ । उनले गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको दाबी गरे । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति आन्दोलन केन्द्रित रहेको अध्यक्ष पराजुलीको भनाइ छ ।

अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई वञ्चित गर्ने काम गर्नेकुरा आफूहरुलाई अमान्य रहेको बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.