बनारसको हिन्दु विश्वविद्यालयमा अहिले पनि विद्यार्थीको आकर्षण उस्तै

भाद्र २४, २०७९
बनारसको हिन्दु विश्वविद्यालयमा अहिले पनि विद्यार्थीको आकर्षण उस्तै

राणा शासनमै धेरै नेपालीका लागि शिक्षाको केन्द्र थियो बनारस । नेपालका पूराना पुस्ताका उच्च राजनीतिज्ञ, कर्मचारीदेखि शिक्षक, प्राध्यापकहरुले बनारसबाटै शिक्षा आर्जन गरे । अझ वीपी कोइराला, पुष्पलाल श्रेष्ठहरुले यहीबाट राजनीतिक विद्रोहको विगुल फुकेका थिए । भारतकै पूरानोमध्येको वनारस हिन्दु विश्वविद्यालयमा सन् १९७६ मै नेपाल अध्ययन केन्द्र स्थापना गरिएको थियो । नेपाल र भारतका विद्यार्थीले नेपालसँग जोडिएका विषयमा केन्द्रबाट विद्यावारिधिसमेत गर्दै आएका छन् ।  २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वनारस भ्रमणका बेला नेपाल अध्ययन केन्द्र भवन शिलान्यास गरेका थिए । विश्वविद्यालयमा नेपाली भाषाको समेत पढाई हुन्छ ।

गुरुकुल, धर्मशाला वा विश्वविद्यालयका होस्टलमा बसेर पढ्ने नेपालीको संख्या उल्लेख्य छ । संस्कृत विद्या, वेद, व्याकारण, कर्मकाण्ड सिक्नेका लागि त केन्द्र नै हो वनारस । त्यसवाहेक मेडिकल, विज्ञान, सहित्य, कला लगायतका क्षेत्रमा अध्ययन गर्न पनि नेपाली वनारस हिन्दु विश्वविद्यालय पुग्छन् । धर्म, संस्कृति र दर्शन क्षेत्रमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या एक हजार बढी रहेको सम्पूणर्ानन्द संस्कृत विश्वविद्यालयका धर्म दर्शन विभागका अध्यक्ष हरिप्रसाद अधिकारी बताउाछन् । 

वनारसले नेपाललाई धार्मिक परम्परा, सांस्कृतिक विरासत र सनातन शिक्षा प्रणाली लगायतका क्षेत्रमा अहिले पनि कसिलो गरी जोडेर राखेको छ । संख्यामा कमी भएको छ, तर नेपालबाट शिक्षाका लागि वनारस आउने क्रम भने टुटेको छैन ।