प्युठानका सामुदायिक विद्यालयमा विद्यार्थी अभाव, प्राविधिक शिक्षामा छैन उत्साह

भाद्र १०, २०७९
प्युठानका सामुदायिक विद्यालयमा विद्यार्थी अभाव, प्राविधिक शिक्षामा छैन उत्साह

दुई वर्षअघि कानुन विषयको पढाई सुरु गर्दा प्युठान खलंगास्थित महेन्द्र मावि यो विषय अध्यापन गराउने जिल्लाकै पहिलो विद्यालय बनेको थियो । तर अहिले विद्यालयमा यो विषयको पढाई हुँदैन । कारण हो-विद्यार्थी अभाव । कक्षा ११ र १२ मा कानुन विषयको पढाई थाले पनि नयाँ विद्यार्थी नआएपछि विद्यालयले पठनपाठन नै बन्द गर्नुपरेको हो। कृषि बाली विज्ञानको पठनपाठन सुरु गरेको प्यूठान नगरपालिका ९ मरन्ठानास्थित बालबिद्या माविमा पनि यो वर्ष विद्यार्थी अभाव छ । ४० जनाको कोटा रहेको विद्यालयमा हालसम्म १० जना पनि बिद्यार्थी पनि भर्ना भएका छैनन् ।  पर्याप्त विद्यार्थी भर्ना नभएपछि अहिले विद्यालय उक्त विषयको पठनपाठन गर्ने वा नगर्ने अन्योलमा छ । कम विद्यार्थीमा कक्षा सञ्चालन गर्दा आर्थिक व्ययभार धेरै हुने र त्यसलाइ धान्न नसकिने विद्यालय प्रशासनको भनाइ छ । जिल्लाका अन्य सामुदायीक विद्यालयमा पनि पर्याप्त विद्यार्थी छैनन्, जसले गर्दा बल्लतल्ल सुरु गरेका विषयको पढाई नै रोक्नुपर्ने अवस्था छ । गाउँमा अवसर कम हुने भन्दै बिद्यार्थीहरु सहरकेन्द्रित हु दुर्गमका विद्यालयले विद्यार्थी अभाव बेहोरिरहेका छन् । अर्काेतर्फ विद्यालयहरुसाग दीर्घकालीन योजना नहुादा पनि यस्ता समस्या आउने गरेका छन् । सुविधा र अवसरको खोजीमा सहर छिर्ने विद्यार्थीलाई गाउाकै विद्यालयमा पढ्ने वातावरण सिर्जना गर्न स्थानीय तह र विद्यालयले पहल गर्नु आवश्यक छ ।