शिक्षा

छोरी शिक्षित बनाउन प्रदेश ५ को नयाँ योजना

श्रावण २२, २०७७

शिक्षामा छोरीको पहुँच बढाउने धेरै उपाय हुन सक्छन् । प्रदेश ५ सरकारले भने छोरी पढाउनुस् मासिक एक हजार लिनुस् भन्ने अभियान नै चलाएको छ । गएको वर्षदेखि सुरु अभियानमा सामुदायिक विद्यालयमा कक्षा ११ र १२ पढ्ने छात्राले मासिक छात्रावृत्ति रकम पाउँछन् । जसबाट गएको वर्ष दुई हजार एक सय ५३ जना छोरी लाभान्वित भएका छन् ।

पूरा पढ्नुहोस् »

नयाँ शैक्षिक सत्र कहिलेबाट भन्नेमै अन्योल

श्रावण २०, २०७७

कोरोना महामारीका कारण शैक्षिक सत्र कहिले सुरु हुन्छ भन्ने अन्योल देखिएको छ । केही दिनयता संक्रमण दर बढिरहेकाले एकातिर भदौ १ देखि भर्ना गर्न दिने निर्णय कार्यान्वयन गर्न चुनौती छ भने अर्कातिर शिक्षा मन्त्रालयले शैक्षिक पात्रोबारे निर्णय नै गर्न सकेको छैन । 

पूरा पढ्नुहोस् »

लकडाउनमा संस्कृत भाषा सिक्दै विद्यार्थी

श्रावण १८, २०७७

कोरोना महामारीका कारण शिक्षण संस्था बन्द भएर फुर्सदिला बनेका स्थानीय विद्यार्थीलाई लक्षित गरी रुपन्देहीको पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धामले संस्कृत भाषा सिकाउन थालेको छ । संस्कृत भाषाको सिकाइले बालबालिकाको स्मरण शक्ति बढ्ने, शब्दहरु स्पष्टसँग उच्चारण गर्न सक्ने र उनीहरुको व्यवहारमा सकारात्मक परिवर्तन आउने धामका आचार्यहरुले बताएका छन् ।

पूरा पढ्नुहोस् »

स्थगित परीक्षाहरु भदौ दोस्रो सातादेखि सञ्चालनको तयारी

श्रावण १७, २०७७

अधिकांश विश्वविद्यालयले कोरोना महामारी र लकडाउनका कारण स्थगित भएका परीक्षाहरु भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने तयारी अघि बढाएका छन् । काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा दिन प्रतिदिन संक्रमण बढ्दै गएकोले परीक्षा झन् महामारी फैलाउने थलो बन्ने त होइन भन्ने चिन्ता बढाएको छ ।

पूरा पढ्नुहोस् »

प्यूठानका टोलटोलमा पढाइ !

श्रावण १३, २०७७

कोरोना भाइरसको महामारीका कारण बन्द रहेका सामुदायिक र निजी विद्यालय खुलेका छैनन् । जसका कारण लामो समयदेखि घरमै बस्ने बानी परिसकेका विद्यार्थीलाई एकैपटक विद्यालय जान समस्या हुने भन्दै प्यूठानमा समुदायस्तरमा पढाइ सुरु भएको छ । यहाँको एक विद्यालयले विद्यार्थीलाई टोल-टोलमा जम्मा पारेर पढाउन सुरु गरेको छ

पूरा पढ्नुहोस् »

१२ कक्षा पढ्न ११ को हरेक विषयमा न्यूनतम डी प्लस ल्याउनै पर्ने

श्रावण १२, २०७७

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा सञ्चालन देखि मूल्यांकन र प्रमाणपत्र जारी गर्नेसम्मको अधिकार विद्यालयलार्इ नै दिएको छ । बोर्डको कार्यविधि अनुसार परीक्षामा सहभागी हुन ७० प्रतिशत हाजिरी चाहिन्छ भने हरेक विषयमा न्यूनतम डी प्लस नल्याउने विद्यार्थीले १२ कक्षा पढ्न पाउनेछैन । 

पूरा पढ्नुहोस् »

घुम्ती कक्षामा अनलाइनमा भन्दा बढी विद्यार्थी सहभागी

श्रावण ११, २०७७

बैशाखदेखि रुपन्देहीमा बैकल्पिक शिक्षा अन्तर्गत भर्चुवल कक्षा शुरु गरियो । एउटा विद्यालयको सिको गर्दै सबैले त्यसै गरे । इन्टरनेटमा सबै विद्यार्थीको पहुँच नहुँदा यस्ता कक्षा प्रभावकारी देखिएनन् । त्यसपछि रेडियो र टेलिभिजनको माध्यमबाट पढाउने र यसलाई युट्युबमा राख्ने गरियो । यो प्रविधिमा समेत धेरै विद्यार्थी सहभागी हुन सकेनन् । अहिले भने धेरै विद्यालयले समूहगत रुपमा घुम्ती कक्षा सञ्चालनमा ल्याएका छन् ।

पूरा पढ्नुहोस् »

पठन–पाठन कसरी शुरु गर्ने भन्नेबारे कार्यबिधि बन्दै : गिरिराजमणि पोखरेल, शिक्षामन्त्री

श्रावण ८, २०७७

सरकारले विद्यालयहरु नियमित सञ्चालनका लागि छलफल थालेको छ । शिक्षामन्त्री गिरीराजमणि पोखरेलले लकडाउन हटेकोले पठन–पाठन कसरी शुरु गर्ने भन्नेबारे कार्यबिधि बनिरहेको पनि जानकारी दिएका छन् ।

पूरा पढ्नुहोस् »

मुलुककै अगुवा शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय सधै पछाडि

श्रावण ४, २०७७

काठमाडौं विश्वविद्यालयले लकडाउनका कारण रोकिएको परीक्षा अनलाइन माध्यमबाट लिई नतिजा नै सार्वजनिक गरिसकेको छ । तर मुलुककै अगुवा शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयले गत चैत र वैशाखका लागि तय गरेको परीक्षा नै कहिले लिन्छ भन्ने एकिन छैन । उसले असोजमा लिने तयारी रहेको बताए पनि परीक्षा तालिका नै सार्वजनिक गरेको छैन ।

पूरा पढ्नुहोस् »

निजी तथा आवासीय विद्यालयले भर्ना लिन थाले, शुल्कका लागि अभिभावकलाई ताकेता

असार २७, २०७७

कोरोना भाइरस संक्रमणका कारण शैक्षिक संस्था बन्द छन् । यसबीचमा देशभरका निजी विद्यालयले बालबालिकाको अभिलेख राख्ने नाममा भर्ना गर्न अभिभावकलाई दवाव दिएका छन् ।

पूरा पढ्नुहोस् »

एसईईको नतिजा नआउँदै ११ कक्षामा भर्ना सुरु : सरकार मुकदर्शक

असार २७, २०७७

एसईई परीक्षाको नतिजा नआउँदै निजी विद्यालयले ११ कक्षामा भर्ना लिन थालेका छन् । महामारीका कारण पठनपाठन कहिले सुरु हुन्छ भन्ने अन्योलका माझ निजी विद्यालयले परीक्षाको नतिजा नआउँदै भर्ना लिन थालेका हुन् । तर, यसमा सरकारले कुनै हस्तक्षेप गरेको छैन ।

पूरा पढ्नुहोस् »