
काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रतिवेदनका आधारमा नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने मिति टुंगिने भएको छ।
आगामी नोभेम्बर २६ का लागि तय गरिएको स्तरोन्नतिबारे अन्तिम निर्णय राष्ट्रसंघीय मूल्यांकनपछि मात्रै हुनेछ। गत भदौमा भएको जेन-जी आन्दोलनपछि नेपाल उद्योग वाणिज्य महासंघलगायतका संस्थाले मिति सार्न सरकारलाई आग्रह गरेको थियो । समय थप्नुपर्ने माग भएपछि राष्ट्रसंघले शुक्ष्म अध्ययनका आधारमा मिति तय हुने राष्ट्रिय योजना आयोगले बताएको छ।
राष्टसंघले अहिले अध्ययन गरिरहेको बताइएको छ । आयोगकाअनुसार सन् २०२१ नोभेम्बर २३ मा राष्ट्रसंघको महा सभाले गरेको सिफारिसअनुसार नेपाल सन् २०२६ मा स्तरोन्नति हुने निर्णय भएको हो। स्तरोन्नतिका लागि राष्ट्रसंघले तय गरेका तीनमध्ये दुई सूचक नेपालले २०२१ मै पूरा गरेको थियो ।
स्तरोन्नति भएपछि व्यापारका ग्राहयता घटे पनि प्रत्यक्ष वैदेशिक लगानी भित्रिन सक्ने भन्दै सरकारले यसमा तयारीसमेत गरेको थियो । अब अहिले भइरहेका तयारी प्रतिवेदन प्रस्तुत भएपछि टुंगिने अधिकारीहरूको भनाइ छ ।