पाँच लाखसम्मका सबै योजना कार्यान्वयन नगर्ने कोशी प्रदेश सरकारको निर्णय

आश्विन २, २०८२ |कान्तिपुर टीभी संवाददाता
पाँच लाखसम्मका सबै योजना कार्यान्वयन नगर्ने कोशी प्रदेश सरकारको निर्णय

काठमाडौं । जेन-जी आन्दोलनपछि पहिलोपटक बसेको कोशी प्रदेश सरकारको बैठकले पाँच लाख रूपैयाँसम्मका सबै योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले आन्दोलनका क्रममा मृत्यु भएकाहरूको परिवारलाई कोशी प्रदेश सरकारले एक लाख रूपैयाँ किरिया खर्च उपलब्ध गराउने बताउनुभयो । 

 यो रकम आन्दोलनमा सहभागी भई ज्यान गुमाएकाहरूलाई मात्र दिइने पनि उहाँले प्रष्ट पार्नुभयो । त्यस्तै, आन्दोलनका कारण भएको भौतिक पूर्वाधार क्षतिको विस्तृत अध्ययन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । 

यसको प्रतिवेदन कार्तिक नौ गतेभित्र बुझाउन निर्देशन छ । यसैबीच मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबारदेखि आफ्नो कार्यकक्षमा पुगेर काम सुरू गर्नुभएको छ । आन्दोलनले क्षति हुनबाट बचेको भवनमा कार्यकक्ष बनाएर उहाँले काम सुरू गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.