यूएईका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण : नेपालले यूएईलाई जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका लागि आग्रह गर्ने

वैशाख ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
यूएईका परराष्ट्रमन्त्रीको नेपाल भ्रमण : नेपालले यूएईलाई जलविद्युत र पर्यटन क्षेत्रमा लगानीका लागि आग्रह गर्ने

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स-यूएईलाई नेपालको जलविद्युत तथा पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्ने भएको छ ।

यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयानको दुई दिने भ्रमणका क्रममा सरकारले जलविद्युत तथा पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्ने भएको हो । उहाँ आजै राति काठमाडौं आउन‍ु भएको छ । दुवै मुलुकबीच यूएईबाट फर्किएका श्रमिकको पुनःस्थापना तथा महिला घरेलु श्रमिक लैजाने विषयमा छलफल हुँदैछ ।

यूएईका परराष्टमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओली र श्रममन्त्री शरतसिंह भण्डारीलाई भोलि भेट्ने कार्यतालिका छ । भोलि नै दुई देशका उच्च अधिकारीबीच पारस्परिक सम्वन्ध, लगानी लगायतका विषयमा छलफल हुनेछ । 

यूएई नेपालको पहिलो श्रम गन्तव्य मुलुक हो । गत वर्ष यूएईमा २ लाख श्रमिकले श्रम स्वीकृति लिएका थिए । त्यहाँ करिब ५ लाख नेपाली श्रमिक कार्यरत छन् । यूएईसँग सन् २०१९ मा भएको सामान्य श्रम समझदारीकै भरमा नेपाली श्रमिकहरु गइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.