बिपी राजमार्ग पुन:निर्माणका लागि अर्थमन्त्रालयले ८ अर्ब दिने

फाल्गुन १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बिपी राजमार्ग पुन:निर्माणका लागि अर्थमन्त्रालयले ८ अर्ब दिने

काठमाडौं । अर्थ मन्त्रालयले बिपी राजमार्ग पुन:निर्माणका लागि ८ अर्ब रुपैयाँको सहमति दिएको छ ।

यससँगै सरकारले बिपी राजमार्ग ठेक्का लगाउने तयारी गरेको छ । गत असोज दोस्रो साता आएको बाढीले क्षति पुर्‍याएको सडक सरकारले आफैँ बनाउने भएको हो । हाल राजमार्गमा अस्थायी संरचनाका लागि काम भैरहेका छन् ।

अर्थले तत्काल १० प्रतिशत रकम उपलब्ध गराउने र बाँकी कामसँगै निकासा गर्ने सहमति भएको हो ।

करिब ९ अर्ब लाग्ने अनुमान गरिएको उक्त सडक पुननिर्माण गर्न दातृ निकायले चासो देखाए सोही अनुसार सहकार्य गर्दै जाने र अहिलेका लागि बर्खाअघि यातायात सञ्चालन सहज बनाउने गरी मन्त्रालय लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement