काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज ४५ दशमलव ८८ अंकले वृद्धि भएको छ । लगातार ६ कारोबार दिन घटेको सेयर बजार आज भने बढेको हो ।
नेप्से ४५ दशमलव ८८ अंकले बढेसँगै २७ सय १५ अंक कायम भएको छ । आज कारोबार रकम पनि बढेको छ । हिजो ४ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ५ अर्ब ५ करोडको भयो । २११ कम्पनीको मूल्य बढ्दा २९ को घट्यो भने ३ को स्थिर रह्यो ।
आज बैंकिङ सेक्टर सबैभन्दा धेरै ३ दशमलव ४३ प्रतिशत बढ्यो । न्यादी हाइड्रोपावरको ९ दशमलव ९, कुथेली बुखरी स्मल हाइड्रोपावरको ९ दशमलव ६, नारायणी डेभलपमेन्ट बैंकको ८ दशमलव ८, माथिल्लो मैलुङखोला जलविद्युत् आयोजनाको ८ दशमलव ५ तथा राप्ती हाइड्रोको ७ दशमलव १ प्रतिशत मूल्य बढ्यो ।
यसैगरी खानीखोला हाइड्रोपावरको मूल्य १० प्रतिशतले घट्यो ।