पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनामा रहेका विवाद टुङ्ग्याउन भारत सकारात्मक : मन्त्री खड्का

कार्तिक २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनामा रहेका विवाद टुङ्ग्याउन भारत सकारात्मक : मन्त्री खड्का

काठमाडौं । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा रहेका विवादित विषय छिट्टै टुङ्ग्याउन भारत सकारात्मक देखिएको छ ।

भारतमा भएको अन्तर्राष्ट्रिय सोलार गठबन्धनको सम्मेलनका क्रममा भारतीय मन्त्रीहरुसँगको भेटवार्ताका क्रममा उक्त सहमति भएको ऊर्जामन्त्री दीपक खड्काले जानकारी दिनुभएको हो । 

त्यसक्रममा आयोजनाको विस्तृत परियोजनामा रहेका विवाद टुङ्ग्याउन छिट्टै विज्ञ समूहको बैठक राख्ने पनि सहमति भएको छ । मन्त्री खड्काको टोलीले भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टर, नवीन एवं नवीकरणीय ऊर्जामन्त्री प्रल्हाद बैंकेट्स जोशी र जल शक्तिमन्त्री चन्द्रकान्त रघुनाथ पटेलसँग भेटवार्ता गरेको थियो । 

जल शक्तिमन्त्री पटेलसँगको भेटमा पञ्चेश्वरमा रहेका विवाद टुङ्ग्याउने र पञ्चेश्वर प्राधीकरणमा कर्मचारी खटाएर छिट्टै टुङग्याउने सहमति भएको मन्त्री खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी, वर्षातमा बढी भएको बिजुलीलाई निर्यात गर्ने विषयमा पनि छलफल भएको मन्त्री खड्काले बताउनु भयो । भारतका तीन मन्त्रीसँगको भेटमा बंगलादेशसँगको विद्युत व्यापार र अन्तरदेशीय ४ सय केभीका अन्य प्रसारणलाइन निर्माणका विषयमा पनि छलफल भएको मन्त्री खड्काको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement