वैदेशिक लगानी प्रतिबद्धतामा कमी

कार्तिक १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
वैदेशिक लगानी प्रतिबद्धतामा कमी

काठमाडौं । सरकारले अर्थतन्त्रमा सुधारको संकेत देखिएको दाबी गरिरहँदा वैदेशिक लगानी प्रतिबद्धतामा भने कमी आएको छ ।

गत वर्ष लगानी बढाउने भन्दै लगानी सम्मेलनसमेत गरिएको थियो । तर यो वर्ष लगानी प्रतिबद्धता झनै घटेको हो ।उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म १६ अर्ब ४४ करोडको लगानी प्रतिबद्धता आएको छ ।

गत वर्षको असोज मसान्तसम्म १६ अर्ब ६० करोडको लगानी प्रतिबद्धता आएको थियो । गत वर्ष मुलुकमा आर्थिक शिथिलता थियो । जुन बेलामा आएको लगानी प्रतिवद्धता भन्दा पनि यो वर्ष घटेको छ ।

गत असोजमा स्वचालित प्रणालीबाट २१ उद्योगमा १५ करोड १० लाख रुपैयाँ लगानी आएको छ । व्यक्तिको कार्यालयमा उपस्थितिबिनै लगानी स्वीकृति अघि बढाउने भन्दै विभागले गत वर्ष भएको लगानी सम्मेलनबाट स्वचालित प्रणाली सुरुवात गरेको थियो ।

असोजमा म्यानुअल प्रणालीबाट ३४ वटा उद्योगमा ३ अर्ब ३० करोड ५३ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा ६१ अर्ब ९० करोड ४५ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो ।

लगानी सम्मेलनका कारण गत वर्ष अहिलेसम्मकै धेरै लगानी प्रतिबद्धता आएको हो । तर, लगानी सम्मेलनमा नीतिगत सुधार गरेको सन्देश सरकारले दिए पनि यो वर्ष लगानी बढाउन नसकेको देखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement