जलविद्युत लगानीकर्ताको अर्थमन्त्रीसामु गुनासो- बैंकमा रकम छ, तर कर्जा पाइएन

भाद्र ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलविद्युत लगानीकर्ताको अर्थमन्त्रीसामु गुनासो- बैंकमा रकम छ, तर कर्जा पाइएन

काठमाडौं । जलविद्युतका लगानीकर्ताहरुले बैंकमा लगानीयोग्य रकम थुप्रिए पनि कर्जा नपाएको गुनासो गरेका छन् ।

'ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त संस्था तथा प्राइभेट इक्विटी भेन्चर क्यापिटलको लगानी' बारे आयोजित कार्यक्रममा जलविद्युत क्षेत्रका लगानीकर्ताहरुले अर्थमन्त्री विष्णु पौडेलसाग बैंकबाट आवश्यक कर्जा नपाएको गुनासो गरेका हुन् । 

सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने र आन्तरिक बजारको खपत १३ हजार ५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । यो लक्ष्य पूरा गर्न ६१ खर्ब रकम आवश्यक भएको निजी क्षेत्रको भनाइ छ । अहिले ३० वटा जलविद्युत आयोजनामा बैंकबाट थप लगानी नहुँदा निर्माण नै अघि बढाउन नसकेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका अध्यक्ष गणेश कार्कीले बताउनु भयो । 

यस वर्ष वृद्धि भएको करका कारण पनि आयोजना निर्माण महँगो भएको गुनासो लगानीकर्ताहरुको छ । मन्त्री पौडेलले भने स्वदेशीसँगै नेपालको जलविद्युतमा विदेशी लगानी पनि आवश्यक रहेकाले त्यस्तो रकम नेपालको ऊर्जा क्षेत्रमा भित्र्याउन नीतिगत रुपमा सहज बनाउने आश्वासन दिनु भयो ।

साथै, अर्थमन्त्री पौडेलले ट्रान्समिसन लाइन निर्माणमा पनि लगानी बढाउने बताउनु भएको छ । स्वदेशकै खपतलाई प्राथमिकता दिएर बढी भएको बिजुली मात्रै विदेशमा पठाउने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement