मौद्रिक नीति मैले रोकेको होइन : युवराज खतिवडा

श्रावण ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
मौद्रिक नीति मैले रोकेको होइन : युवराज खतिवडा

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले राष्ट्र बैंकको मौद्रिक नीति आफूले नरोकेको बताउनुभएको छ ।

मौद्रिक नीतिले घरजग्गा कारोबार र सेयर बजारलाई खुकुलो बनाउनुपर्ने आवश्यकता रहेको भन्दै खतिवडाले अघिल्लो वर्षको जस्तो संकुचन निम्त्याउन आवश्यक नरहेको बताउनुभएको हो ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै खतिवडाले बीआरआई परियोजना कार्यान्वयनका लागि सहुलियत ऋण लिने वा अनुदान मात्रै स्वीकार गर्ने भन्ने विषय देशको आवश्यकताका आधारमा तय गर्नुपर्ने बताउनुभयो ।

पूर्वअर्थमन्त्री समेत रहनुभएका खतिवडाले अघिल्लो सरकारले ल्याएको बजेट एमालेको समेत समर्थनमा पारित भएकाले अर्धवार्षिक समीक्षाका क्रममा मात्रै पूरक बजेट आउन सक्ने बताउनुभयो । बालुवाटारबाट छाया अर्थमन्त्रीका रुपमा खतिवडाले अर्थ मन्त्रालय चलाउन सक्ने सम्भावनाबारे सार्वजनिक रुपमा उठेका प्रश्न, सोह्रौं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य, रोजगारी सिर्जनालगायत विषयमा गरिएको अन्तर्वार्तामा ‘सरकारले विद्युत् प्राधिरकणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन खोजेको हो त ?’ भन्ने प्रश्न पनि गरिएको छ ।

कार्यक्रम आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टीभी एपमा पनि कार्यक्रम हेर्न सकिन्छ ।

यो पनि...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.